INSEC Online

📅 २०८३ जेष्ठ २१

ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार

अर्जुनधारा नगरपालिका–११ की ७० वर्षीया ज्येष्ठ नागरिक माइना हस्दाको मङ्सिर २४ गते हत्या गरेको आरोपमा प्रहरीले भद्रपुर नगरपालिका–४ का ३५ वर्षीय विशाल बिर्जालाई मङ्सिर २५ गते गिरफ्तार गरेको छ ।

वृद्धाको शव मेचीनगर नगरपालिका–१३ चारआलीस्थित पाऊपाथीभरा मन्दिर अगाडि पूर्वपश्चिम राजमार्गको कल्भर्टमुनि भेटिएको भन्दै आरोपित आँफैले मङ्सिर २५ गते प्रहरीलाई खबर दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राकेश थापाले इन्सेक प्रथिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

सूचना दिने व्यक्तिलाई केरकार गरेपछि आरोपितले मङ्सिर २४ गते राति विवादका क्रममा वृद्धाको घाँटी थिचेर हत्या गरेको बयान दिएको डिएसपी थापाले बताउनु भयो ।

शवको पोष्टमार्टम मेची अस्पतालमा मङ्सिर २५ गते गरिएको छ ।

अन्य

भिडियो