INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपाका जिल्ला नेता इन्सेक प्रतिनिधिको रोहवरमा रिहा

प्रतिबन्धित नेकपा हुम्लाका सेक्रेटरी ताँजाकोट गाउँपालिका–५ डुग्रीका ३४ वर्षीय कुम्भ बुढा र नेकपाकै कार्यकर्ता ताँजाकोट गाउँपालिका–५ बस्ने २१ वर्षीय उपेन्द्र रावललाई मङ्सिर २३ गते जिल्ला अदालत हुम्लाका न्यायाधीश जगतबहादुर पौडेलको इजलासले रिहा गरेको छ ।

चन्दा संकलन गरेको र जनप्रतिनिधिलाई धम्की दिएको आरोपमा सेक्रेटरी बुढालाई ०७७ असोज २२ गते आफ्नै घरबाट र कार्यकर्ता रावललाई ०७६ भदौ २९ गते सिमकोट वजारबाट प्रहरीले गिरफ्तार गरेको थियो ।

आरोपितद्वयलाई इन्सेक जिल्ला प्रतिनिधि नन्द सिंह र मानव अधिकार संगठनका जिल्ला सदस्य राजन रावतको रोहवरमा जिल्ला अदालतले ०७७ मङ्सिर २३ गते कारागार हुम्लाले रिहा गरेको कारागारका निमित्त जेलर डवले रावतले बताउनु भयो ।

आरोपित उपेन्द्र रावलको ०७६ भदौ २९ गते र कुम्भ बुढाको ०७७ असोज २२ गते जिल्ला अस्पताल हुम्लामा स्वास्थ्य परीक्षण गरिएको डाक्टर टसी लामाले जानकारी दिनुभयो ।

अन्य

भिडियो