११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले बेलका नगरपालिका–९ रामपुरका ६३ वर्षीय सूर्य पोखरेललाई मङ्सिर २२ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले मङ्सिर २२ गते प्रलोभनमा पारी बलात्कार गरेको आरोमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन इलाका प्रहरी कार्यालय रामपुरमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि मङ्सिर २२ गते घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी भीमबहादुर दहालले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा मङ्सिर २२ गते गरिएको छ ।