INSEC Online

📅 २०८३ जेष्ठ २१

बाल विवाह घटनाका आरोपित गिरफ्तार

बाल विवाह गरेको आरोपमा प्रहरीले बागचौर नगरपालिका–१ कोटबेतका २७ वर्षीय महेश बस्नेतलाइ मङ्सिर १४ गते गिरफ्तार गरेको छ ।

१६ वर्षीया बालिकालाइ प्रलोभनमा पारी बाल विवाह गरेको आरोपमा पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालय सल्यानमा मंसिर १४ गते उजूरी दिएपछि सोही दिन आरोपितलाइ गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका इन्सपेक्टर लक्ष्मण वलीले जानकारी दिनुभयो ।

पीडित बालिकाको आमा नभएको साथै बुवा पनि सुस्त मनस्थितीको र खान लाउन समेत समस्या देखिएकाले बालिकाको संरक्षण गर्छु भन्दै आरोपित विवाहित पुरुषले बालिकासँग मङ्सिर १२ गते बालविवाह गरेको पीडितका आफन्तले फोनमार्फत इन्सेक प्रतिनिधिलाइ बताए ।

बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर १४ गते स्वास्थ्य सेवा कार्यालय सल्यानमा गरिएको अस्पतालका डाक्टर प्रदीप शर्माले जानकारी दिनुभयो ।

पीडित बालिकालाइ मङ्सिर १४ गते नै संरक्षकको जिम्मा लगाइएको इन्स्पेक्टर वलीले बताउनुभयो ।

अन्य

भिडियो