INSEC Online

📅 २०८३ जेष्ठ २२

बालबालिकाहरू खोपबाट वञ्चित

कैलालीको गोदावरी गाविसस्थित स्वास्थ्य चौकीमा असोज महिनादेखि वालबालिकाले जन्मने बित्तिकै पाउनु पर्ने बिसिजी खोप, निःशुल्क रूपमा पाउने अत्यावश्यक औषधिहरू (सिटामोल, एमजिट, डाइजिङलगायत) अभाव भएको छ ।

औषधिको अभाव भएपछि सेवाग्राही मार्कामा परेको स्थानीय महिला स्वयम्सेविका राधिका जोशीले बताइन् । जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीसमक्ष औषधिको माग गरेपनि स्वास्थ्यचौकीबाट वितरण हुने औषधिमध्ये ५० प्रतिशत मात्र नियमित रूपमा आपूर्ति हुने गरेको गोदावरी स्वास्थ्यचौकीका अहेब तीर्थबहादुर बोहराले बताए ।

जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका अनुसार अहिले देशैभरी नै बच्चाले पाउनु पर्ने खोप बिसिजीको अभाव रहेका बताउँदै निःशुल्क रूपमा पाउने औषधिको खरिद प्रक्रिया टेण्डर खोलेर सम्झौता गरेपछि मात्र अगाडि बढ्ने छ । साथै, औषधि खरिद प्रक्रिया झञ्झटिलो भएकोले सबै ठाउँमा सजिलै नियमित रूपमा औषधि पठाउन नसकेको जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका सूचना अधिकृत मोहनदेब भट्टले बताएका छन ।

अन्य

भिडियो