१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहारको गरेको कसुरमा लिम्चुङ्गबुङ्ग गाउँपालिका–२ ताम्लिछाका १८ वर्षीय अभिषेक खत्रीलाई जिल्ला अदालतले मङ्सिर १० गते तीन महिना कैद सजायको फैसला सुनाएको छ ।
न्यायधीश दीपक खनालको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै पाँच हजार रुपियाँ जरिबाना र पीडितले पाउने गरी कसुरदारबाट १० हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका श्रेस्तेदार धनबहादुर कार्कीले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
पीडित बालिकालाई आरोपितले ०७७ वैशाख ३० गते यौन दुर्र्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध जेठ ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले जेठ ८ गते गिरफ्तार गरी कारबाही अघि बढाएकोमा जिल्ला अदालतको असार ३ गतेको आदेशमा आरोपित १ लाख रुपियाँ धरौटी बुझाएर तारेखमा रिहा भएका थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ ८ गते गरिएको थियो ।