INSEC Online

📅 २०८३ जेष्ठ २१

बर्दिवासमा निषेधाज्ञा जारी

बर्दिबासमा मङ्सिर ९ गते ६ वर्षीया बालिका गुलबसा खातुनको बलात्कारपछि हत्या भएको भन्दै स्थानीयले गरेको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागि बर्दिबास–१ का सञ्जय भनेर चिनिने बुद्धिराज न्यौपानेको उपचारकै क्रममा मङ्सिर ९ गते राति मृत्यु भएपछि पुनः बर्दिवासमा हुन सक्ने आन्दोलनलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय महोत्तरीले निषेधाज्ञा जारी गरेको छ ।

महोत्तरीका सिडिओ कृष्णबहादुर कटुवालले थप जनधनको क्षति हुनबाट रोक्नको लागि निषेधाज्ञा जारी गरेको बताउनुभयो ।

निषेधाज्ञा मङ्सिर १० गते बिहान ९ बजेदेखि मङ्सिर ११ गते बिहान ६ बजेसम्मका लागि जारी गरिएको छ ।

निषेधाज्ञा अवधि र क्षेत्र मा ५ जना भन्दा बढ़ी भेला जम्मा हुन नपाउने, अनावश्यक भेला हुन नपाउने सिडिओ कटुवालले निषेधाज्ञा अवधिमा राजमार्ग भने सुचारू रहने बताउनु भएको छ ।

निषेधाज्ञाको क्षेत्र
पूर्वमा वडा नं १ को रातो खोला
पश्चिममा वडा नं ५ को माइस्थान
उत्तरमा वडा नं ३ को पाटु
दक्षिणमा वडा नं ८ को क्वार्टर चोक

photo20201125mahottari (1)

photo20201125mahottari (2)

photo20201125mahottari (3)

photo20201125mahottari (4)

photo20201125mahottari (5)

अन्य

भिडियो