१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बंगलाचुली गाउँपालिका–३ का २१ वर्षीय आकाश सार्कीलाई कात्तिक २८ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले विवाहको प्रलोभन देखाएर कात्तिक २६ गते बलात्कार गरेको भन्दै पीडितपक्षले बालिकालाई जिल्ला प्रहरी कार्यालयमा कात्तिक २७ गते उजुरी दिएको डिएसपी सुमित खड्काले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण कात्तिक २८ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको छ ।