१९ वर्षिया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा पीडितपक्षले लुम्बिनी सांस्कृतिक नपा–८ का २२ वर्षीय अजय गुप्ता र सोही ठाउँकै २१ वर्षीय अशोक गुप्ता विरुद्ध कात्तिक २६ गते इलाका प्रहरी कार्यालय, लुम्बिनीमा उजुरी दर्ता गराएका छन् ।
पीडितलाई आरोपितले कात्तिक १८ गते बलात्कार प्रयास गरेको भन्दै परेको उजुरीका आधारमा बलात्कार प्रयास कसुरमा कारबाही अगाडि बढाएकोे इलाका प्रहरी कार्यालयका सइ डेलम्बर घिमिरेले बताउनु भयो । उहाँले आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण कात्तिक १९ गते भीम अस्पताल, भैरहवामा गरिएको छ ।