INSEC Online

📅 २०८३ जेष्ठ २१

कथित बोक्सी आरोपमा दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

७३ र ४० वर्षीया दुई जना महिलालाई कथित बोक्सी भन्दै दुर्व्यवहार गरेको आरोपमा प्रहरीले घोराही उपमनपा –१६का ४५ वर्षीया नौमति महरा र २८ वर्षीया दीपा बाँठालाई कात्तिक २५ गते गिरफ्तार गरेको छ ।

पीडितहरूलाई आरोपितहरू कात्तिक २१ गते झाँक्रीको भेषमा काम्दै टोक्ने, कुटपिट गर्ने, कपाल तान्ने र कथित बोक्सी आरोप लगाएर गाली गलौज गरेको भन्दै पीडितपक्षले कात्तिक २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी सुमित खड्काले बताउनु भयो । डिएसपी खड्काले घटनाको अनुसन्धान भइरहेको बताउनु भयो । ज्येष्ठ नागरिक भएकाले ढिलोगरी उजुरी आएको प्रहरीले जनायो ।

पीडितहरूको कात्तिक २६ गते स्थानीय मेडिकलमा उपचार गरिएको छ  ।

अन्य

भिडियो