नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी काभ्रे जिल्ला सदस्य ५४ वर्षीय मधुसुधन बजगाईँलाई कात्तिक २६ गते प्रहरीले गिरफ्तार गरेको छ ।
बजगाईँलाई धुलिखेल नगरपालिका–१२ शंखुपाटीचौरस्थित उनकै घरबाट जिल्ला प्रहरी कार्यालय धुलिखेलको टोलीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी कुमारविक्रम थापाले बताउनु भयो ।
बजगाईँले केही दिन अघि जिल्लाका प्रतिष्ठित व्यक्ति, उद्योगी, व्यापारीहरूलाई फोनबाट धाकधम्की दिई चन्दा माग गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको डिएसपी थापाले बताउनु भयो ।
बजगाईले प्रहरीलाई अभद्र व्यवहार गरेको भनि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ को सार्बजनिक हित स्वास्थ्य सुरक्षा सुबिधा र नैतिकता बिरुद्ध कसूर अन्तर्गत कात्तिक २६ गते मुद्दा दर्ता गरी सोही दिन जिल्ला प्रशासन कार्यालयबाट म्याद थप अनुमती लिई हिसारतमा राखि अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।