३० वर्षीया महिलालाई कथित बोक्सीको आरोप लगाएर दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमनपा–५ का २९ वर्षीय देवबहादुर परियारलाई कात्तिक २० गते गिरफ्तार गरेको छ ।
पीडतलाई आरोपितले पकट पटक बोक्सी आरोपमा दुर्व्यवहार गर्ने गरेको र पछिल्लो पटक कात्तिक १८ गते कथित बोक्सी आरोप लगाएर दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले कात्तिक २० गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा उजुरी दिएपछि गिरफ्तार गरी अनुसन्धान थालेको डिएसपी शिवबहादुर सिंहले बताउनु भयो ।