११ वर्षीया बालिका बलात्कार घटनाका आरोपित तुलसीपुर उपमनरपा–१७ का १९ वर्षीय उमेश केसी विरुद्ध पीडितपक्षले कात्तिक १९ इलाका प्रहरी कार्यालय, तुलसीपुरमा उजुरी दिएका छन ।
पीडितलाई आरोपितले कात्तिक १८ गते बलात्कार गरी फरार रहेको पीडितपक्षले बताएका छन् । इलाका प्रहरी कार्यालय, तुलसीपुरले मुद्दा दर्ता गरेर आरोपितको खोजी भइरहेको डिएसपी शिवबहादुर सिंहले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण कात्तिक १९ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा गरिएको छ ।