INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

कुश्मा नगरपालिका१३ खौलालाँकुरी सिस्नेपानीकी २९ वर्षीया पूर्णमाया नेपालीको हत्याको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले ३२ वर्षीय पति तुलसे नेपालीलाई कात्तिक १६ गते गिरफ्तार गरेको छ ।

मृतक नेपाली कात्तिक १३ गते देखि सम्पर्कविहिन भएको भन्दै आरोपित पतिले कार्तिक १५ गते जिल्ला प्रहरी कार्यालय पर्वतमा खोजिकार्यका लागि सहयोग गरिदिन बारे निवेदन दिनुभएको थियो ।

मृतकको शव सोही दिन घर नजिकै बारीको कान्लामा भेटिएको थियो ।

मृतकको माइतीपक्षले बेपत्ता भनिएकी महिला मृत अवस्थामा भेटिएपछि मृत्यु शङ्कास्पद रहेको भन्दै पति तुलसे नेपालीविरुद्ध कात्तिक १५ गते जिल्ला प्रहरी कार्यालय पर्वतमा उजुरी दिएका थिए ।

सोही उजुरीपछि प्रहरीले मृतकका पतिलाई गिरफ्तार गरी घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका इन्स्पेक्टर मोहन खड्काले इन्सेक प्रतिनिधिलाई फोन मार्फत जानकारी दिनुभयो ।

मृतकको पोष्टमार्टम पर्वत अस्पतालमा कात्तिक १६ गते गरिएको छ ।

अन्य

भिडियो