२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ग्रामथान गाँउपालिका–१ लखन्तरीका ४० वर्षीय जुमेश सरदारलाई कात्तिक १५ गते गिरफ्तार गरेको छ ।
पीडित युवतीलाई आरोपितले कात्तिक १३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध कात्तिक १५ गते इलाका प्रहरी कार्यालय बेलवारीमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको इन्स्पेक्टर ऋषिराज ढकालले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित युवतीको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा कात्तिक १५ गते गरिएको छ ।