१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले वेलबारी नगरपालिका–३ का २६ वर्षीय सुमन तामाङ र पीडित बालिकाका ६५ वर्षीय हजुरबुबालाई कात्तिक १४ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले कात्तिक १३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित र हजुरबुबाविरूद्ध कात्तिक १४ गते इलाका प्रहरी कार्यालय वेलबारीमा उजुरी दिएको थियो ।
आरोपितले हजुरबुबालाई मादक पदार्थ सेवन गर्ने पैसा दिएर बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितद्वयविरूद्ध प्रहरीमा उजुरी दिएपछि अनुसन्धानका लागि गिरफ्तार गरेको इन्स्पेक्टर ऋषिराज ढकालले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा कात्तिक १५ गते गरिएको छ ।