नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्न्युनिष्ट पार्टी (नेकपा) ललितपुर जिल्ला सेक्रेटरी जाजरकोट जिल्ला छेडागाढ नगरपालिका, पजेरु घर भई ललितपुर जिल्ला, ललितपुर महानगरपालिका–१६ कृष्ण मन्दिर नजिक बस्ने ३५ वर्षीया सावित्री अधिकारीलाई प्रहरीले कात्तिक १५ गते गिरफ्तार गरेको छ ।
अधिकारीलाई प्रहरीले गिरफ्तार गरी सोधपुछ गर्दा आफू पार्टी ललितपुर जिल्ला सेक्रेटरी भएको बताएको महानगरीय प्रहरी परिसर जावलाखेलका प्रमुख एसएसपी टेकप्रसाद राईले बताउनु भयो । अधिकारीलाई हातहतियार तथा बिस्फोटक पदार्थ सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको एसएसपी राईले जानकारी दिनुभयो ।
ललितपुर जिल्ला अदालतबाट कात्तिक १६ गते सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।