१४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा मकवानपुरगढी गाउँपालिका–७ सुकौराका ६३ वर्षीय रणबहादुर स्याङ्तानलाई प्रहरीले ०७७ कात्तिक १२ गते गिरफ्तार गरेको छ ।
बालिकालाई सुतिरहेको अवस्थामा आरोपितले ०७७ कात्तिक ११ गते राती बलात्कार गरेको आरोपमा पीडितपक्षले कात्तिक १२ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएका थिए ।
पीडितपक्षको उजुरीको आधारमा प्रहरीले आरोपित स्याङ्तानलाई सोही दिन गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी इन्द्रबहादुर रानाले बताउनु भयो ।
पीडित बालिकाको कात्तिक १२ गते हेटौँडा अस्पतालमा स्वास्थ परीक्षण गरिएको छ ।