मालिका गाउँपालिका–२ की ४५ वर्षीया रीमा दमाईलाई चिर्पट प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ४३ वर्षीय पति ओमबहादुर दर्जीलाई कात्तिक ९ गते गिरफ्तार गरेको छ ।
रीमालाई घरायसी विवादमा कात्तिक ९ गते बेलुका चिर्पटले हानेर हत्या गरेको उजुरीको आधारमा गएको प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी किरणजङ कुँवरले बताउनुभयो ।
आरोपितलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए । प्रहरीमा खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दरबाङका सई बलराम पौडेलको नेतृत्वमा गएको टोलीले ओमबहादुरलाई नियन्त्रणमा लिएको थियो ।
लगत्तै जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसन्धान अधिकृत इन्स्पेक्टर ध्रुवप्रसाद शर्माको नेतृत्वमा गएको टोलीले ओमबहादुरलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर आवश्यक अनुसन्धान अगाडि बढाएको छ ।
शव बेनी अस्पतालमा पोष्टमार्टम गरेपछि अन्तिम संस्कारका लागि ओमबहादुरका भाइ प्रकाश दमाईलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।