६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हतुवागढी गाउँपालिका – ५ होमताङका २४ वर्षीय सुरज राईलाई कात्तिक ६ गते प्रहरीले गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले असोज ११ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध ढिलो गरी कात्तिक ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्स्पेक्टर प्रदीप लामाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा कात्तिक ६ गते गरिएको छ ।