INSEC Online

📅 २०८३ जेष्ठ २१

मधेसी आयोगद्वारा सुझाव सङ्कलन तथा अन्तरक्रिया कार्यक्रम

मधेसी आयोगले बलान बिहुल गाउँपालिका–४ बेल्हीमा कात्तिक २ गते गाउँपालिकाको प्रमुख समस्याबारे सुझाव सङ्कलन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

पहिलो चरणमा केन्द्र र प्रदेश स्तरका विज्ञहरूसँग, दोस्रो चरणमा काँकडभिट्टादेखि दार्चुलासम्म जिल्लास्तरका नागरिक समाजसँग र तेस्रो चरणमा गाउँ र वडा स्तरका सर्वसाधारणसँग अन्तरक्रिया गरी सुझाव सङ्कलन गरिरहेको मधेसी आयोगका अध्यक्ष डाक्टर विजयकुमार दत्तले जानकारी दिनु भयो ।

photo20201020saptari (1)

कार्यक्रममा उहाँले तीन तहका सरकारले नगर्ने काम गरेमा वा गर्ने कामहरू नगरेमा मानव अधिकारको उल्लङ्घन हुने बताउनु भयो ।
शिक्षा र स्वास्थ्यको अधिकार उल्लङ्घन भएमा मधेसी आयोगले आफ्नो भूमिका खेल्ने र मधेसीको सशक्तिकरण, प्रवर्धन र संरक्षण गर्ने उहाँले बताउनु भयो ।

दलित र मुस्लिमलगायत विपन्नहरूको दयनीय अवस्था हेरेको उल्लेख गर्नु हुँदै अध्यक्ष दत्तले मधेस भूगोलमा मात्र नभइ जहाँ–जहाँ मधेसी छन् ती सबै मधेसीको समस्या समाधानमा आयोगले भूमिका निर्वाह गर्ने बताउनु भयो ।

परिवर्तन र विकासका लागि पहिले स्वयम्मा परिवर्तन ल्याउनु पर्ने र युवा सशक्तिकरणमा ध्यान दिनु पर्नेमा उहाँले जोड दिनु भयो ।

photo20201020saptari (2)

अन्य

भिडियो