१७ वर्षीया बालिका बलात्कार घटनाका फरार आरोपित घोराही उपमनपा–८ का २३ वर्षीय माधे भनिने माधव केसी र सोही ठाउँका २० वर्षीय कमल डाँगीलाई प्रहरीले कात्तिक ४ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितहरूले असोज २० गते सामुहिक बलात्कार गरेको भन्दै पीडितपक्षले असोज २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । घटना लगत्तै फरार रहेका आरोपितलाई नारायणपुरबाट गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुमित खड्काले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण असोज २७ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थियो ।