INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

एक बाल सञ्जालमा आबद्ध बालबालिकालाई अश्लिल तस्वीर तथा भिडियो पठाएर यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कावासोती नगरपालिका–२ का ३३ वर्षीय गणेश विकलाई कात्तिक २ गते गिरफ्तार गरेको छ ।

नगरपालिकामा बालमैत्री कार्यक्रममा स्वयम्सेवकको रूपमा कार्यरत विकले विभिन्न समयमा फेसबुक म्यासेन्जरमा अश्लिल तस्वीर तथा भिडियो पठाएको भन्दै सञ्जालमा आबद्ध चार जना बालबालिकाले असोज ३० गते नगरपालिका कार्यलयमा उजुरी दिएका थिए ।

उजुरीपछि नगरपालिकाले सो पत्र आवश्यक कारवाहीको लागि असोज ३० गते जिल्ला प्रहरी कार्यालयमा पठाएको थियो ।

जिल्ला प्रहरी कार्यालय नवलरासी (बर्दघाट सुस्ता पूर्व)मा कात्तिक २ गते सो पत्र दर्ता भएपछि प्रहरीले आरोपितलाई सोही दिन गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय नवलरासी (बर्दघाट सुस्ता पूर्व) का इन्स्पेक्टर विशाल तामाङले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।

उहाँले आरोपितविरूद्ध कात्तिक ३ गते जिल्ला प्रशासन कार्यालयमा सार्वजनिक हित, स्वास्थ्य तथा नैतिकताविरूद्धको कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको बताउनुभयो ।

अन्य

भिडियो