INSEC Online

📅 २०८३ जेष्ठ २१

शिक्षक हत्या घटनाका आरोपित गिरफ्तार

माइ नगरपालिका–१ स्थित अम्लिसे भञ्ज्याङ्ग आधारभूत विद्यालयका ४६ वर्षीय शिक्षक पुष्पलाल राईको असोज २९ गते हत्या गरेको आरोपमा प्रहरीले माइ नगरपालिका–१ का ४५ वर्षीय पदमबहादुर राईलाई प्रहरीले कात्तिक २ गते गिरफ्तार गरेको छ ।

शिक्षक राई असोज २९ गते बिहान स्थानीय पदमबहादुरको घरको आँगनमा घाँटी रेटेको अवस्थामा मृत फेला परेका थिए ।

राईको घाँटीको पछाडि पट्टिको भागमा धारिलो हतियार प्रयोग गरिएको पाइएको स्थानीय अधिकारकर्मी विमलकुमार दाहालले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

घटनाको अनुसन्धान गर्न सङ्घीय प्रहरी इकाइ धरानबाट ल्याइएको कुकुरले ट्याकिङ गरेपछि आरोपित पदमबहादुरलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयको एसपी नविनराज राईले बताउनु भयो ।

शवको पोष्टमार्टम वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान(घोपा) धरानमा कात्तिक १ गते गरी शव परिवारलाई बुझाएको एसपी नविन राईले बताउनु भयो ।

अन्य

भिडियो