१८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा लहान नपा-२३ का १८ वर्षीय ब्रहमदेव सहनीविरुद्ध पीडित परिवारले इलाका प्रहरी कार्यालय लहानमा असोज २७ गते उजुरी दिएको छ ।
पीडित परिवारका अनुसार आरोपितले असोज २३ गते बलात्कार प्रयास गरेको र स्थानीयले गाउँमै मिलाउने प्रयास गर्दा उजुरी दिन ढिला भएको पीडित युवतीकी आमाले बताउनु भयो ।
पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा असोज २८ गते गरिएको छ । आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय लहानका डिएसपी शरतकुमार थापा क्षेत्रीले बताउनु भयो ।