१७ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमनपा–७ रामनगरका १८ वर्षीय करण परियार र सोही ठाउँका २० वर्षीय प्रकाश वली र तुलसीपुर उपमनपा–५ रानीजरुवाका १८ वर्षीय बिष्णु बुढाथोकीलाई असोज २७ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितहरूले असोज २२ गते बलात्कार गरेको भन्दै पीडितपक्षले असोज २७ गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा उजुरी दिएका थिए । उजुरीका आधारमा तीन जनालाई गिरफ्तार गरी अनुसन्धान थालेको इन्स्पेक्टर झलकप्रसाद शर्माले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण असोज २७ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा गरिएको छ ।