निर्माण व्यवसायीहरूसँग चन्दा असुलेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता मालिका गाउँपालिका– २ दर्लिङका २० वर्षीय विष्णु विकलाई असोज २३ गते गिरफ्तार गरेको छ ।
आरोपितलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले छत्रदेव गाउँपालिका– ६ गहिरापानीबाट गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय गुल्मीमा बुझाएको डिएसपी केदारराज पन्तले बताउनु भयो ।
उक्त पार्टीको नाममा विभिन्न निर्माण व्यवसायीहरूबाट चन्दा असुलेको सूचना पाएर विशेष सुराकीको आधारमा विकलाई गिरफ्तार गरिएको डिएसपी पन्तले बताउनु भयो । डिएसपी पन्तका अनुसार आरोपितको स्वास्थ्य परीक्षण गरिएको छैन ।