१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बारा जिल्ला गढीमाई नगरपालिका–३ का विजय प्रसाद यादवलाई असोज २५ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले २०७६ वैशाख २८ गते मनकामनाकाे एक हाेटलमा बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध २०७६ वैशाख ३१ गते जिल्ला प्रहरी कार्यालय गोरखामा उजुरी दिएका थिए ।
घटनापछि फरार रहेका अभियुक्तलाई प्रहरीले जिल्ला अदालत गोरखामा मुद्दा रहेकाहरुको खोजी गर्ने क्रममा गिरफतार गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी वासुदेव खतिवडाले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।
उहाँले आरोपितलाई असोज २५ गते नै जिल्ला अदालतमा बुझाइएको र उनलाई सोही दिन पुर्पक्षको लागि कारागार चलान गरिएको जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण २०७६ वैशाख ३१ गते जिल्ला अस्पताल गाेरखामा गरिएकाे थियो ।