INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले माथागढी गाउँपालिका ४ मलेबासका १९ वर्षीय बिराज ज्ञवालीलाई असोज २२ गते गिरफ्तार गरेको छ ।

पीडितलाई  आरोपितले भदौ ९ गते बलात्कार गरेको भन्दै पीडितपक्षले असोज २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराउनु भएको थियो । असोज २३ गते म्याद थप गरि अनुसन्धान  अगाडि बढाइएको सई मोतिबहादुर खड्काले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण असोज २२ गते जिल्ला अस्पताल, पाल्पामा गरिएको छ ।

अन्य

भिडियो