६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मनरासिस्वा नपा–१ का २१ वर्षीय पिन्टु ठाकुरलाई मनरासिसवा नपा–९ बथनाहा गाउँस्थित नेपाल भारत सीमा क्षेत्रमा लुकिछिपी बसेको अवस्थामा असोज २३ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले गत साउन ११ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित बालिकाका अभिभावकले न्यायका लागि पहल गरिदिन इन्सेक प्रतिनिधिलाईसमेत आग्रह गरेका थिए ।
पीडित बालिकाको स्वास्थ परीक्षण जलेश्वर अस्पतालमा साउन १२ गते गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश विष्टले जानकारी दिनु भयो ।