६१ वर्षीया महिलालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले असोज २१ गते पीडितका नातेदार ३४ वर्षीय पुरुषलाई आठ वर्ष कैदको फैसला गरेको छ ।
न्यायधीश खड्कबहादुर केसीको इजलाशले आठ वर्षको कैद र १० हजार रुपियाँ जरिवानाको फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार दुर्गाप्रसाद बस्यालले बताउनु भयो ।
पीडितलाई आरोपितले ०७६ वैशाख ७ गते बलात्कार गरेको भन्दै पीडितपक्षले वैशाख ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । आरोपितलाई प्रहरीले वैशाख ९ गते गिरफ्तार गरेको थियो । जिल्ला अदालतको ०७६ वैशाख ३१ गतेको आदेश अनुसार आरोपित पुर्पक्षका लागि थुनामा रहनु भएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण वैशाख ८ गते जिल्ला अस्पताल, पाल्पामा गरिएको थियो ।