INSEC Online

📅 २०८३ जेष्ठ २१

अपहरण घटनाकी आरोपित गिरफ्तार

व्यास नपा–४ वागभन्ज्याङका ६ वर्षीय बालक दिप्सन श्रेष्ठको अपहरण गरेको आरोपमा प्रहरीले सोही ठाउँकी २० वर्षीया सविता परियारलाई असोज २१ गते दिउँसो पृथ्वीराजमार्गको दमौलीबाट गिरफ्तार गरेको छ ।

पीडित असोज २० गते दिउँसो ३ बजेबाट बेपत्ता भएपछि पीडित परिवारले सोही दिन जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरीपछि सबै नाकाहरूमा कडाई गरी खोजी गरिएको र अनुसन्धानको क्रममा छिमेकी समेत रहेकी आरोपितले बालकलाई लिएर गएको पुष्टि भएपछि उनको खोजी गरी गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी युवराज तिमिल्सेनाले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।

उहाँका अनुसार आरोपितले बालकको अभिभावकलाई कुनै जानकारी नगराइ बालकलाई कास्की जिल्लाको पोखरा उपमहानगरपालिका बाघमारास्थित माइतीमा लिएर गएको र उनी असोज २० गते माइतीमा बसी २१ गते दिउँसो बालक सहित दमौली फर्कदै गर्दा यात्रारत बस भित्रैबाट गिरफ्तार गरिएको बताउनुभयो ।

अन्य

भिडियो