INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले २१ वर्षीय काकालाई असोज १८ गते गिरफ्तार गरेको छ ।

पीडितलाई  आरोपितले ०७६ पुस २ गते राति घरमा कोही नभएको अवस्थामा डर धम्की देखाइ बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असोज १० गते जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका थिए ।

पीडित पक्षका अनुसार पीडितले भदौ २९ गते पेट दुखेको भनेपछि अस्पतालमा जचाउन जाँदा उनको गर्भ रहेको र सोही दिन उनले बच्चा जन्माएपछि बल्ल घटना बाहिर आएको हो ।

आरोपितलाई सर्लाही प्रहरीको समन्वयमा गिरफ्तार गरी कास्की ल्याइएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुवास हमालले इन्सेक प्रतिनिधिलाई फोनमार्फत जानकारी दिनुभयो ।

उहाँले आरोपितविरूद्ध असोज १९ गते हाड्नाता करणी कसुर शीर्षक अन्तर्गत मुद्दामा कास्की जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण असोज १८ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको छ ।

अन्य

भिडियो