२७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले लिम्चुङ्गबुङ्ग गाउँपालिका–२ का ३८ वर्षीय लोकबहादुर खत्री र २६ वर्षीय होमनाथ भट्टराईलाई असोज १६ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितद्वयले भदौ २९ गते सदरमुकाम गाईघाटबाट घरतर्फ जानेक्रममा बाटोमा बलात्कारको प्रयास गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असोज १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितद्वयलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी वेदप्रसाद गौतमले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परिक्षण जिल्ला अस्पतालमा असोज १४ गते गरिएको छ ।