INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कारपछि हत्या घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

मष्टा गाउँपालिका–२ खिकाला घर भई मट्टा आधारभूत विद्यालयको कक्षा ६ मा अध्ययनरत १२ वर्षीया सम्झना कामीको असोज ७ गते बलात्कार गरी हत्या गरेको आरोपमा सोही ठाउँका १८ वर्षीय राजेन्द्रबहादुर बोहराविरुद्ध  पीडित पक्षले असोज ९ गते जिल्ला प्रहरी कार्यालय, बझाङमा उजुरी दिएको छ ।

बालिकालाई बलात्कार गरी हत्या गरेकाले बोहराविरुद्ध असोज ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिइएको बालिकाका ६२ वर्षीय हजुरबुबा कल्ल कामीले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

घरदेखि आधा घण्टा दुरीमा रहेको गोठमा गाईगोरुलाई घाँस हाल्न गएकी बालिका साँझसम्म पनि घर नफर्किएपछि खोजतलास गर्न गएका पीडितकाे परिवारले  मष्टा गाउँपालिका–२ खिकालास्थित शिव मन्दिर छेउमा बालिकाको टाउकोमा घाउचोट, शरीर भरी निलडाम र योनीबाट रगत बगिरहेको अवस्थामा मृत फेला पारेको थियो ।

घटनामा संलग्न भएको आशङ्कामा बोहरालाई असोज ८ गते नै गिरफ्तार गरी अनुसन्धान भइरहेकोमा पीडित पक्षले असोज ९ गते बोहोराविरुद्ध उजुरीसमेत दिएकोले अनुसन्धानमा थप सहज हुने जिल्ला प्रहरी कार्यालय, बझाङका डिएसपी रुपक खडकाले इन्सेक प्रतिनिधिलाई फोनबाट बताउनु भयो ।

शवको पोष्टमार्टम असोज ८ गते जिल्ला अस्पताल, सिमखेतमा गरिएको भए पनि दाहासंस्कार भने गरिएको छैन ।

घटनामा संलग्न व्यक्तिलाई कडा कारवाही नभएसम्म शवको दाहासंस्कार नगर्ने मृतकका हजुरबाबा कल्ल कामीले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

घटनामा सङ्लग्न व्यक्तिलाई कडा कारवाहीको माग गर्दै अधिकारकर्मी, पीडित परिवार र विद्यार्थी सङ्घ सङ्गठनहरूले असोज १० गते सदरमुकाम चैनपुरमा विरोध प्रर्दशनसमेत गरेका छन् ।

photo20200925bajhang

photo20200925bajhang2

अन्य

भिडियो