INSEC Online

📅 २०८३ जेष्ठ २१

कथित बोक्सीको आरोपमा कुटपिट, घटनाका आरोपितविरुद्ध उजुरी

मिर्चैया नपा–२ की ३८ वर्षीया कलासोदेवी साहलाई कथित बोक्सी भन्दै कुटपिट गरेको आरोपमा पीडितले सोही ठाउँका ३४ वर्षीय बिनोद कापरी र पन्न भनिने नरेशकुमार कापरीविरुद्ध इलाका प्रहरी कार्यालय मिर्चैयामा असोज ५ गते उजुरी दिनु भएको छ ।

असोज २ गते बिनोद कापरीकी पत्नी बिरामी भएपछि आरोपितहरूले घरमा बोलाएर “तिमी बोक्सी हौ, तिमीले नै बिरामी पारेकोले ठिक पार” भन्दै कुटपिट गरेको पीडितले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।

कुटपिटबाट घाइते भएकी उनलाई स्थानीय विष्णु पोलिक्लिनिकमा उपचारको लागि भर्ना गराएकोले समयमा उजुरी दिन ढिला भएको पीडितले बताउनु भयो ।

आरोपितहरु फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी शालिग्राम शर्मा पौडेलले बताउनु भयो ।

अन्य

भिडियो