२२ वर्षीया महिलालाई बलात्कार गरेको घटनाका फरार आरोपित जलुके गाविस-६ अर्घाखाँचीका ३२ वर्षीय सुमन कुमाललाई प्रहरीले पुस ८ गते गिरफ्तार गरेको छ ।
आरोपितले ०६९ असार २६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले ०६९ असार २७ गते इलाका प्रहरी कार्यालय भालुवाङमा उजुरी दिएका थिए । पीडित पक्षले उजुरी दिएपछि फरार रहेका कुमाललाई साढे दुई वर्षपछि दाङको गोवरडिहा गाविस-१ जुरैनीबाट गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
पीडितको स्वास्थ्य परीक्षण भालुवाङ स्वास्थ्य चौकीमा गरिएका थियो । आरोपित विरुद्ध बलात्कारको मुद्दा चलाइने दाङका एसपी धिरजप्रताप सिंहले बताए ।