INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित बालक गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १३ वर्षीय बालकलाई ०७७ भदौ ३१ गते बेलुका प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाका हवल्दार दिनेश तामाङले इन्सेक जिल्ला प्रतिनिधिलाई बताउनु भयो ।

आरोपित बालकले आफ्नै घरको गोठ पछाडि लगेर बालिकालाई ०७७ भदौ २७ गते दिउँसो बलात्कार गरेको पीडितका बावुले बताउनु भयो  ।

पीडितको तर्फबाट ०७७ भदौ ३० गते पीडितका बावुले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको र पीडितको स्वास्थ्य परीक्षण भदौ ३० गते चौतारा अस्पतालमा गरिएको हवल्दार तामाङले बताउनु भयो ।

अन्य

भिडियो