INSEC Online

📅 २०८३ जेष्ठ २१

बञ्चरो प्रहार गरी आमाको हत्या, आरोपित छोरा गिरफ्तार

कमल गाउँपालिका–७ की ५० वर्षीया मीरा ऋषिदेवलाई भदौ २८ बञ्चरो प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले २४ वर्षीय छोरा दिनेश ऋषिदेवलाई भदौ २९ गते गिरफ्तार गरेको छ ।

लागू औषध सेवन गरेका आरोपितले भदौ २८ गते आमासँग पाँच हजार रुपियाँ मागेको र सो रकम नदिएपछि बञ्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राकेश थापाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

आरोपितले विवादका क्रममा भदौ २८ गते बञ्चरो प्रहार गरी हत्या गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

शवको पोष्टमार्टम भदौ २९ गते मेची अञ्चल अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो