INSEC Online

📅 २०८३ जेष्ठ २१

स्वामी अग्निवेशको निधनप्रति इन्सेकद्वारा दुःख व्यक्त

भारतका सामाजिक अभियन्ता स्वामी अग्निवेशको ८१ वर्षको उमेरमा भदौ २६ गते भएको निधनप्रति इन्सेकले दुःख व्यक्त गरेको छ ।

इन्सेककी अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठद्वारा भदौ २८ गते जारी शोक वक्तव्यमा उहाँको निधनप्रति दुःख व्यक्त गर्दै शोकको यस घडीमा उहाँप्रति भावपूृर्ण श्रद्धाञ्जलि व्यक्त गरिएको छ ।

विज्ञप्तिमा उहाँ नेपालको मानव अधिकार आन्दोलन, लोकतन्त्र र विगतमा यहाँ कायम रहेको बँधुवा श्रम विरोधी अभियानमा नेपालका मानव अधिकारकर्मीका सहयात्री रहेको कुरा स्मरण गरिएको छ ।

‘मानवतावादी व्यक्तित्व स्वामीले दक्षिण एशियाली देशहरूमा बँधुवा मजदुर, महिलामाथि हुने हिंसा, दलितविरूद्ध हुने विभेदकाविरूद्ध आवाज उठाउनु भएको थियो । पञ्चायत विरोधी आन्दोलनमा नेपालका राजनीतिक दल तथा मानव अधिकारकर्मीसँग निकट रहेर काम गर्नुभएका स्वामी अग्निवेशले भुटानबाट लखेटिएका नेपाली भाषीका पक्षमा वकालत गर्नुभएको थियो ।’–विज्ञप्तिमा भनिएको छ ।

इन्सेकको स्थापनाकालदेखि नै इन्सेकसँग निकट रहनु भएका अग्निवेशले कमैया मुक्ति आन्दोलनका साथै अन्य विभिन्न अभियानका सन्दर्भमा पटक–पटक नेपाल भ्रमण गरी नेपालका सीमान्तकृत नागरिकका पक्षमा आवाज उठाउनु भएको कुरा पनि जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अन्य

भिडियो