नवलपरासी पश्चिम प्रतिनिधि नारायण पराजुलीका अनुसार १८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले रामग्राम नपा–१४ अम्रोटका ४० वर्षीय गोरखप्रसाद हरिजनललाई भदौ २७ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले भदौ २६ गते बलात्कार प्रयास गरेको भन्दै ०७७ भदौ २७ गते पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी राजु लामाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण भदौ २७ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा गरिएको छ ।
रुपन्देही प्रतिनिधि रीमा बिसीका अनुसार १७ वर्षीया बालिकालाई अपहरण शरीर बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले लुम्बिनी सांस्कृतिक नपा–९ का २२ वर्षीय अब्दुल हकिन मुसलमानलाई भदौ २४ गते गिरफ्तार गरेको छ ।
आरोपितले पीडित बालिकालाई अपहरण गरी भारतको गोरखपु्रमा लगी बन्धक बनाएर बलात्कार गरेको भनी पीडित बालिकाले भदौं २२ गते इलाका प्रहरी कार्यालय लुम्बिनीमा उजुरी दिनुभएको थियो ।
पीडितलाई आरोपितले भदो २० गते अपहरण शरीर बन्धक बनाएर भारतको गोरखपुरमा लगेर बलात्कार गरेको भन्दै पीडितपक्षले भदौ २२ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएको सई डेलम्बर घिमिरेले बताउनु भयो । उक्त कसुरमा कारबाही अगाडि बढाएको सई डेलेम्बर घिमिरेले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण भदौ २३ गते भीम अस्पताल, भैरहवामा गरिएको छ ।