नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्युरो सदस्य अनिल शर्मा ‘विरही’ लाई जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालत धनुषाको गेटबाट भदौ २३ गते पुनः गिरफ्तार गरेको छ ।
धनुषामा विरहीविरूद्ध सङ्गठित अपराध, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योगलगायतका मुद्दा दर्ता थियो । शर्मालाई भदौ १९ गते चितवन जिल्लाको भरतपुरबाट प्रहरीले गिरतार गरेको थियो ।
अनिल शर्मालाई जिल्ला अदालत धनुषाका न्यायाधीश विनोद खतिवडाको इजलासले भदौ २३ गते १० हजार रुपियाँ धरौटीमा रिहा गर्न आदेश दिएपछि अदातलबाट बाहिरिँदै गर्दा प्रहरीले पुनः गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिनु भयो ।
शर्मालाई सुनसरीमा समेत सङ्गठित अपराध, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योगलगायतका मुद्दा दर्ता रहेकाले सुनसरी प्रहरीको जिम्मा लगाइने डिएसपी मिश्रले इन्सेक धनुषा प्रतिनिधिलाई बताउनु भयो ।