१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले भदौ २१ गते घोराही उपमनपा–१८ का २१ वर्षीय सन्तोष घर्तीलाई १२ वर्ष कैदको फैसला गरेको छ ।
जिल्ला न्यायाधीश रितेन्द्र थापाको इजलासले १२ वर्ष कैद र कसुरदारबाटै पीडितलाई ७५ हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको अदालतका श्रेस्तेदार धनसिङ गिरीले बताउनु भयो ।
पीडितलाई आरोपितले ०७५ फागुन २३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरीमा उजुरी दिएपछि फागुन २४ गते गिरफ्तार गरेको थियो ।
पीडितको स्वास्थ्य परीक्षण फागुन २३ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थियो ।