INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

बौद्धिक अपाङ्गता भएकी १४ वर्षीयालाई बलात्कार गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–५ का ३५ वर्षीय सञ्जय राजवंशीलाई भदौ १८ गते गिरफ्तार गरेको छ ।

आरोपितले भदौ ४ गते बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ १८ गते जिल्ला प्रहरी कार्यालयका उजुरी दिएका थिए ।

छोरीले साङ्केतिक भाषामा आफूमाथि बलात्कार भएको ढिलो बताएपछि ढिलो गरी प्रहरीमा उजुरी दिएको पीडितका बाबुले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मानबहादुर राईले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा भदौ १८ गते गरिएको छ ।

अन्य

भिडियो