INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया महिलालाई सामहिक बलात्कार गरेको आरोपमा प्रहरीले भदौ १८ गते दुई जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

मुगु जिल्ला सोरु गाउँपालिका–१० घर भई चन्द्रागिरी नगरपालिका–३ बस्दै आएका २८ वर्षीय लोकेन्द्रबहादुर मल्ल र मुगु जिल्ला खत्याड गाउँपालिका–१० घर भई चन्द्रागिरी नगरपालिका–३ बस्दै आएका २३ वर्षीय रतनबहादुर शाहीलाई प्रहरीले गिरफ्तार गरेको हो ।

पीडित महिलाले भदौ १६ गते बलात्कार गरेको भन्दै भदौ १७ गते महानगरीय प्रहरी वृत थानकोटमा उजुरी दिनु भएको थियो । पीडितको स्वास्थ्य परीक्षण थापाथलीस्थित प्रसुति गृहमा गरिएको छ ।

आरोपितद्वय विरुद्ध मुलुकी अपराध संहिता, २०७४ को करणीसम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान तथा कारबाही हुने माहानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिनुभयो ।

अन्य

भिडियो