INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा काठमाडौँको शङ्खमूलबाट भदौ १६ गते ४० वर्षीय पुरुषलाई प्रहरीले गिरफ्तार गरेको छ ।

महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी दक्षकुमार बस्नेतले पीडित बालिकाकी आमाले भदौ १६ गते हाडनाता र जबरजस्तीकरणी सम्बन्धी कसुरमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको बताउनुभयो ।

उजुरीको प्रारम्भिक अनुसन्धानमा बालिकालाई आरोपितले सात महिनादेखि बलात्कार गर्दै आइरहेको खुल्न आएको डिएसपी बस्नेतले टेलिफोन मार्फत जानकारी दिनुभयो ।

प्रहरीका अनुसार छोरीले भदौ १४ गते यौनाङ्ग दुख्यो भनेपछि आमाले उपचारका लागि भदौ १५ गते अस्पताल लगेपछि बलात्कारको घटना सार्वजनिक भएको थियो ।

भदौ १७ गते जिल्ला अदालत, काठमाडौँबाट म्याद थप गरी आरोपितलाई थुनामा पठाइएको डिएसपी बस्नेतले जानकारी दिनुभयो । बालिकाको स्वास्थ्य परीक्षण भदौ १६ गते प्रसुती गृह थापाथली गरिएको छ ।

अन्य

भिडियो