चोरी मुद्दामा जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा रहेका सुन्दरहरैंचा नगरपालिका–४ का २६ वर्षीय फूर्वासिंह तामाङको भदौ १३ गते मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।
पेट दुख्ने समस्या भएपछि उपचारका लागि भदौ १३ बिहान १ बजे कोशी अस्पतालमा भर्ना भएका तामाङको उपचारकै क्रममा मृत्यु भएको जेलर सुवासकुमार लामिछानेले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
जिल्ला अदालत मोरङले चोरी मुद्दामा ०७६ साल फागुन २२ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो । अदालतमा मुद्दा विचाराधिन रहेको र मुद्दाको अन्तिम टुङ्गो लाग्न बाँकी रहेकै अवस्थामा तामाङको मृत्यु भएको जेलर लामिछानेले बताउनु भयो ।
उपचारका क्रममा मृत्यु भएपछि पोष्टमार्टम गर्नु नपर्ने र सोही दिन शव परिवारलाई जिम्मा लगाएको जेलर लामिछानेले जानकारी दिनु भएको छ ।