INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका अभियुक्तलाई १० वर्ष कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला अदालतले ०७७ असार २९ गते भेरी नगरपालिका–५ का १९ वर्षीय राजु पुनमगरलाई १० वर्ष कैद सजायको फैसला गरेको छ ।

न्यायाधीश देवकुमार गिरीको इजलासले आरोपितलाई दोषि ठहरगरी १० वर्ष कैद फैसला भएको जिल्ला अदालत जाजरकोटका डिठ्ठा रामसिंह ठकुरीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनुभयो ।

आरोपितले पीडित बालिकालाई ०७६ कात्तिक १२ गते राती ८ बजेको समयमा यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले ०७६ कात्तिक १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी किशोर कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल जाजरकोटमा ०७६ कात्तिक १४ गते गरिएको थियो ।

अन्य

भिडियो