INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कारपछि हत्या गरेको कसुरमा ६ महिना कैदको फैसला

सात वर्षीया बालिकालाई बलात्कार गरी हत्या गरेको कसुरमा १२ वर्षीय बालकलाई जिल्ला अदालत दाङले दोषी ठहर गर्दै ६ महिना कैद गर्ने फैसला गरेको छ ।

न्यायाधीश चुरामन खड्काको इजलासले पुस ४ गते बलात्कार गरी हत्या गरेको ठहर गर्दै ६ महिना कैद र बलात्कारको घटना थाहा पाउँदा पनि अभिभावकलाई नभनी दिएको भन्दै मतियारको कसुरमा बालककी ३० वर्षीया आमालाई २० रुपियाँ जरिबाना गर्ने फैसला गरेको हो ।

अदालतले दोषी नाबालक भएकाले ६ महिनासम्म पोखराको सराङकोटस्थित सुधारकेन्द्रमा राख्न आदेश दिएको अदालतले जनाएको छ ।

पीडित बालिकालाई आरोपितले ०७३ कात्तिक १६ गते बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले आरोपितविरुद्ध सोही दिन अनुसन्धान थालेपनि मृतककी दिदीले बलात्कार गरी हत्या गरेको भन्दै कार्तिक २९ गते किटानी जाहेरी दिएपछि प्रहरीले आरोपित बालक र उनकी आमालाई मङ्सिर १ गते गिरफ्तार गरेको थियो ।

पीडित बालिकाको पोष्टमार्टम राप्ती उपक्षेत्रीय अस्पतालमा कात्तिक १६ गते गरिएको थियो ।

अन्य

भिडियो