INSEC Online

📅 २०८३ जेष्ठ २१

नेकपा र कांग्रेसबीच झडप घटनाका आरोपित गिरफ्तार

अदानचुली गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच साउन ०७७ साउन १९ देखि २२ गतेसम्म लगातार भएको झडपमा संलग्न भएको आरोपमा दुवै पक्षका नौ जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

घटनामा गम्भिर घाइते भएका गोर पुनकी ३५ वर्षिया पत्नी कंग्रिछेजुम लामाले साउन २३ गते जिल्ला प्रहरी कार्यालयमा नौ जनाका विरूद्ध दिएको ज्यान मार्ने उद्योग सम्वन्धि उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको डिएसपी सुर्य प्रकास सुवेदीले बताउनुभयो ।

प्रहरीका अनुसार साउन २६ देखि ३२ गतेको अवधिमा गिरफ्तार हुनेमा अदानचुली गाउँपालिका–४ का २१ वर्षीय कासी पुनमगर, सोही गाउँपालिका–३ का २४ वर्षीय मनोज फडेरा, २४ वर्षीय गोर्ख फडेरा, २४ वर्षीय मदन फडेरा, २६ वर्षीय बलबहादुर फडेरा, ३५ वर्षीय मोहन फडेरा, १८ वर्षीय हरि विष्ट, सिमकोट गाउँपालिका २ का ३५ वर्षीय गणेश भण्डारी र हिमाली गाउँपालिका–५ बाझुराका ३५ वर्षीय बुभ थापा रहेका छन् ।

उक्त झडपमा गम्भिर घाइते भएका अदानचुली गाउँपालिका– २ का १५ वर्षीय जिवन पुन, ३२ वर्षीय अनन्त महतारा र सोही गाउँपालिका–३ का २५ वर्षीय मिम फडेरा, २३ वर्षीय अशोक महतारा, २८ वर्षीय मदन महतारा लगायत ४ नम्बर वडाका ३९ वर्षीय गोर पुनको हाल कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरीले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।

घटनामा संलग्न व्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान भइरहेको डिएसपी सुवेदीको भनाई छ ।

अन्य

भिडियो